यांगुन । उत्तरी म्यानमारमा एउटा खनिज खानी पुरिँदा कम्तीमा एक जनाको मृत्यु भएको छ भने ७० जना हराइरहेका छन् ।
खानीमा फसेका दर्जनौँ मजदुरको खोजी भइरहेको छ ।
कचिन राज्यको हपकान्त क्षेत्रमा रहेको खानीभित्र मजुदर छिरेपछि ठूलो पहिरो गएको थियो ।
खानीमा अधिकांश मजदुर गैरकानुनी रुपमा खानीभित्र पसेको जनाइएको छ । पछिल्लो समयमा म्यानमारका खानीमा बारम्बार दुर्घटना हुनेगरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया