काठमाडौं । छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ ।
दोलखा, मेलुङ गाउँपालिका-३ गोलेगाउँ खोल्सास्थित सडकमा बा.६१ प १७०३ नम्बरको मोटरसाइकल सडकबाट अन्दाजी ७० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार शैलुङ गाउँपालिका-८ भैसे बस्ने ६० वर्षीय डम्बर बहादुर थपलियाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४४ वर्षीय मोहन बहादुर थपलियालाई उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ ।
त्यस्तै, नवलपरासी(पश्चिम), पाल्हिनन्दन गाउँपालिका-३ बेलाशपुरस्थित सडकमा युपि ५६ ई ४१८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-५ गेर्मा बस्ने ३५ वर्षीय रमेशमणी तिवारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यसैगरी, झापा, दमक नगरपालिका-४ चिया दोकानस्थित सडकमा बा.३ ख ८६२७ नम्बरको हाईस गाडीबाट लडेर कमल गाउँपालिका-५ बस्ने २१ वर्षीय निर्मल खवासको मंगलबार राति मृत्यु भएको छ । गाडीबाट निस्कने क्रममा लडेर गम्भीर घाइते भएका उनको दमक अस्पताल हुँदै नोबेल अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया