काठमाडौं । ह्वावेले यस वर्षको सिड्स फर दफ्युचर-ग्लोबल फ्ल्यागसिप CSR कार्यक्रम- नेपालको स्नातक तहका विद्यार्थीहरूका लागि आज काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच समापन गरेको छ ।
नेपालमा पहिलो पटक आयोजना भएको उक्त कार्यक्रममा ९ विभिन्न ICT पृष्ठ भूमिबाट आएका ८ विश्वविद्यालय र १३ शैक्षिक संस्थाका १९ विद्यार्थीले भाग लिएका थिए ।
कार्यक्रमका सबै आवश्यकता पूरा गरी उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रमाण पत्र प्रदान गरेका थिए ।अक्टोबर ६ र नोभेम्बर ७ बीच ह्वावेले आफ्नो आवेदन पोर्टल seedsnepal.com मा नेपाल भरबाट १३६ आवेदनहरू प्राप्त गरेको थियो । जुन सबै स्नातक विद्यार्थीहरूको लागि खुला थियो ।
प्रतिस्पर्धात्मक छनोट प्रक्रियापछि प्रतिष्ठित ICT प्रोफेसरहरु मिलेर बनेको सीड्स फर द फ्युचर समितिले काठमाडौं उपत्यका बाहिरका ४ जनासहित १९ स्नातक विद्यार्थीहरूलाई छनोट गरेको थियो । ती विद्यार्थीहरूले अन्तर्राष्ट्रिय साथीहरुसँग ८ दिने अनलाइन तालिममा भाग लिए, Tech4good प्रोजेक्टमा सहभागी भए, घान्द्रुकमा ह्वावेद्वारा निर्मित 4G बेस स्टेशनको भ्रमण गरेर डिसहोम र एनसेलका उद्योग विशेषज्ञहरूका कक्षाहरूमा भाग लिए ।
ती विद्यार्थीहरूले Tech4good विश्वव्यापी प्रतिस्पर्धामा भाग लिने मौका पनि पाउने छन् । जहाँ उनीहरूले सामाजिक र वावातावरणीय समस्याहरू समाधान गर्न प्रविधिको फाइदा उठाउन र २० हजार डलरसम्मको पुरस्कार जित्न सक्नेछन् । सिड्स फर द फ्युचर पहिलो पटक थाइल्याण्डमा २००८ मा सुरु भएको थियो । त्यसयता १३० देश र क्षेत्रका ९ हजारभन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिइसकेका छन् ।
समापन समारोहका प्रमुख अतिथि नेपालका लागि चीनका राजदूत होउयान्छी र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल थिए । राजदूत होउले तालिम सफलता पूर्वक सम्पन्न गरेकोमा १९ विद्यार्थीहरुलाई बधाई दिए ।
महामहिम राजदूतले एसिया-प्यासिफिक क्षेत्रका धेरै मानिसहरूलाई लाभान्वित गर्न सरकारहरूले इनोभेसन-सञ्चालित विकासका सिद्धान्तहरू पालना गर्न, डिजिटल अर्थतन्त्रको नयाँ इन्जिनलाई प्रज्वलित गर्न र डिजिटल प्रविधिहरूको उपलब्धिहरूलाई सक्षम पार्नुपर्ने कुरामा जोड दिए ।
उनले कार्यक्रममा उत्तीर्ण विद्यार्थीहरूले विज्ञान र प्रविधिमा अग्रगामी बन्ने र चीन र नेपालबीच पुलको काम गर्ने आशा व्यक्त गरे । राजदूत होउले ह्वावेको नेपाल प्रतिको २१-वर्षे प्रतिबद्धता, नेपालको सूचना सञ्जाल निर्माणमा संलग्नता र नेपालमा सबै क्षेत्रलाई डिजिटल रूपान्तरणमा सहयोग पुर्याउने प्रयासको प्रशंसा गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया