४ महिनामा १५० मेगावाटको विद्युत् लोड स्वीकृति, २१० मेगावाटको जीआईएस सम्पन्न हुने चरणमा

लोकपथ
13
Shares

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०७८/७९को पहिलो चार महिनामा १० उद्योगहरुलाई विद्युत् आपूर्तिका लागि करिब १५०.५ मेगावाटको लोड स्वीकृत गरेको छ ।

सातवटा उद्योगहरुलाई करिब १११ मेगावाट विद्युत् उपलब्ध गराउन ग्रिड प्रभाव अध्ययन (Grid Impact Study-GIS) गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

साथै, ५ वटा उद्योगहरुले माग गरेको करिब ९८.८ मेगावाटको जीआईएसको प्रक्रियामा रहेको प्राधिकरणले जनाएको छ ।

लोड स्वीकृत, जीआईएस सम्पन्न र प्रक्रियामा रहेको मागका आधारमा उद्योगहरुमा थप करिब ३६० मेगावाट विद्युत् खपत हुने देखिएको छ । थप विद्युतको माग गर्नेमा अधिकांश स्टील र सिमेन्ट उद्योगहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?