पाँचतले घरको छतबाट हाम फाल्दा मृत्यु

लोकपथ
1.2k
Shares

इलाम । इलाम नगरपालिका-८ को धोविधारा नजिकै एक महिलाले आफ्नै घरको छतबाट हाम फालेकी छिन् ।

पाँचतले घरबाट हाम फालेकी ५२ वर्षीया कोकिला प्रधानको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

प्रधानले मंगलबार राति १० बजेतिर घरको छतबाट हाम फालेको र घरको तेस्रो तलामा बजारिएको प्रहरीले जानकारी दिएको छ । उनले छतको रेलिङमा चढेर हाम फालेको दाबी गरिएको छ ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?