अमेरिकामा ओमिक्रोनको असर : ५० करोड र्‍यापिड परीक्षण कीट निःशुल्क उपलब्ध गराइने

लोकपथ
247
Shares

न्युयोर्क । अमेरिकाले ५० करोड र्‍यापिड परीक्षण कीट निःशुल्क उपलब्ध गराउने भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपमिछ सरकारले सो निर्णय गरेको हो ।

परीक्षण तीव्र बनाइने अनि अस्पतालहरूमा सेनाले सहयोग गर्ने राष्ट्रपति जो बाइडेनले बताएका छन् । तर, तत्काल लकडाउन बारे सरकारले कुनै निर्णय नगरेको उनले बताए । तर, प्रतिबन्धका जुनसुकै उपाय चाल्न सरकार तयार भएको उनले बताए ।

पछिल्लो समयमा बेलायतपछि ओमिक्रोनबाट अमेरिका प्रभावित छ । कोभिड संक्रमण भएका दुई तिहाईमा नयाँ भेरियन्ट देखिएको विज्ञहरुले बताएका छन् । ओमिक्रोनका बिरामी सबैभन्दा बढी न्युयोर्क र वासिंगटनमा देखिएका छन् ।

छुटेका सबै जनाले कोभिड खोप लगाउन राष्ट्रपतिले आग्रह गरेका छन् । पहुँचका बाबजुद अझै पनि अमेरिकाको ठूलो जनसंख्याले खोप लगाएको छैन् । यसअघि विश्व स्वास्थ्य संगठनले बिदाका योजना रद्द गर्न सरकारहरुलाई आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?