बढ्दो रेमिट्यान्स, बढ्दो विलासी वस्तु आयातका कारण विदेशी मुद्रा सञ्चिती घट्दै गएपछि नेपाल राष्ट्र बैङ्क आयातमा थप कठोर बनेको छ।लामो समय कोरोना सङ्क्रमणपछि खुलेको अर्थतन्त्रमा आयात ह्वात्तै बढेको छ भने आयातीत वस्तु खरिदमा बढी नै उदार देखिएको बैङ्करहरू बताउँछन्। विदेशी मुद्रा सञ्चितीलाई सन्तुलनमा राख्न र आयात दरलाई कम गर्न राष्ट्र बैङ्कले आयात गर्दा राख्नुपर्ने मार्जिन रकम बढाएको छ।
केही वस्तु आयात गर्दा बैङ्कमा सतप्रतिशत रकम जम्मा गर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैङ्कले गरेको छ।बैङ्किङ क्षेत्रमा तरलता अभाव भएको र देशको भुक्तानी सन्तुलनको अवस्था बिग्रिएर शोधनान्तर स्थिति (बीओपी) लगातार घाटामा गएपछि राष्ट्र बैङ्कले अति आवश्यक नपर्ने र विलासी वस्तु आयातमा कडाइ गरेको हो।राष्ट्र बैङ्कले जारी गरेको निर्देशनका अनुसार अब विशेषगरी गाडी, मदिरा, सुर्ती, चुरोट, सिमेन्ट र कस्मेटिक सामानलगायत अन्य विलासी सामान आयातलाई निरुत्साहित गरिएको छ।अबदेखि चिनी, च्रक्लेट, मिनिरल वाटर, मदिरा, भिनिगर, चुरोट, सुर्तीजन्य वस्तु, जुत्ता, चप्पल आयातमा सतप्रतिशत मार्जिन राखेर प्रतिशत पत्र (एलसी) खोलेरमात्र आयात गर्नुपर्ने व्यवस्था गरिएको áछ। साथै सिमेन्ट, प्लास्टर र सेरामिक वस्तु, छाता र लाठी, काठका सामान, सुन, चाँदीजस्ता बहुमूल्य धातु, पफर््युम तथा विभिन्न कस्मेटिक सामान आयात गर्न सतप्रतिशत मार्जिन राखेर एलसी खोल्नुपर्ने राष्ट्र बैङ्कले जनाएको छ।
विद्युतीयबाहेकका गाडी, मोटरसाइकल आयात गर्न भने ५० प्रतिशत मार्जिन राखी आयात गर्नुपर्ने भएको छ। राष्ट्र बैङ्कको निर्देशनअनुसार आयातकर्ताले जति मूल्यबराबरको सामान आयात गर्ने हो सोही मूल्यबराबराको बैङ्क ग्यारेन्टी राख्नुपर्ने व्यवस्था गरिएको छ।निर्देशनमा उल्लिखित सामानमध्ये यदि सतप्रतिशत मार्जिन भनिएको सामान आयात गर्नुपर्दा एक सय रुपियाँ पर्ने हो भने एक सय रुपियाँ नै बैङ्कमा ग्यारेन्टी राख्नुपर्ने तथा ५० प्रतिशत हो भने मूल्यको ५० प्रतिशत बैङ्कमा राख्नुपर्ने उल्लेख छ।राष्ट्र बैङ्कले गरेको सो व्यवस्थाले तोकिएको वस्तु आयातकर्ताका लागि लागत तत्काललाई बढी पर्न जाने हुँदा आयात निरुत्साहित हुने देखिन्छ।
कात्तिकसम्म देशको शोधनान्तर घाटा एक खर्ब ५० अर्ब पुगेको छ भने कुल विदेशी विनिमय सञ्चिती १० अर्ब ४७ करोड अमेरिकी डलर रहेको छ। यो सञ्चितीले ७.२ महिनाको वस्तु तथा सेवा आयातमात्र धान्न सक्ने राष्ट्र बैङ्कले जनाएको छ। आर्थिक वर्ष २०७८÷०७९ को चार महिनामा कुल वस्तु आयात ६१.६ प्रतिशतले वृद्धि भई ६५० अर्ब २९ करोड रुपियाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.६ प्रतिशतले घटेको थियो। गोरखापत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया