अन्तरजातीय विवाह गरेका एक दलित युवक एक हप्तादेखि बेपत्ता भएका छन्। गत मङ्सिर २९ गतेराति आफ्नै घरमा बसिरहेका बेला केटीका माइती पक्ष आएर कुटपिट गरेपछि घरबाट निस्किएका ती युवक बेपत्ता भएका हुन्।
मुगु जिल्लाको सोरु गाउँपालिका–४, लिप्रु गाउँकीरमिला मल्ल (सुन्तली)र हुम्ला जिल्ला सर्केगार्ड गाउँपालिका–१, जैरनात्तागाउँका दलित किशोर चन्द्रे कामीबीच भागी विवाह भएकोर विवाहपछि छोरो बेपत्ता भएको युवकका बुवा धनजय कामीले बताए । उनले माइती पक्षले आफ्नो घरमा आएर कुटपिट गरी बेपत्ता पारेको बताए । उनले एक हप्तासम्म पनि छोराको अवस्था पत्ता नलागेको भन्दै छिटो पत्ता लगाइदिन प्रहरीसँग आग्रह गरे । माइती पक्षका मानिसले छोरालाई कुटपिट गर्दै लगेका कारण छोरा जिउँदो होला भन्ने आशा मारिसकेको बताउँदै अन्तरजातीय विवाह गर्नु नै गल्ती भएको उनले दुःख व्यक्त गरे । उनले एक हप्ताअघिरातिको समयमा १२ जनाभन्दा बढी माइती पक्षका मानिस घरमा आएर कुटपिट गरी छोरालाई जबर्जस्ती लगेको बताए । गोरखापत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया