भागबण्डाको राजनीति-एकै घरमा पाँच मन्त्रालय

लोकपथ
84
Shares

जनसेवा प्रवाहमा चुस्तताभन्दा राजनीतिक भागबन्डा पु-याउनकै लागि मन्त्रालय टुक्राटुक्रा पारेको बाग्मती प्रदेश सरकारले एउटै भवनमा पाँच मन्त्रालय राखेको छ । प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय एउटै भवनमा राखिएका छन् ।

बाग्मती प्रदेश सरकारले अस्वाभाविक रूपमा फुटाएपछि मन्त्रालय र कर्मचारी व्यवस्थापनमा आइपरेको संकटबीच एउटै घरमा पाँच मन्त्रालयसम्म अटाइए पनि कर्मचारी चरम अभाव छ । प्रदेशमा मन्त्रालय एक्कासि आठबाट टुक्राएर १४ वटा पु-याइएपछि कार्यालय अभाव भएकाले एकै भवनमा पाँच मन्त्रालय राखिएको हो । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?