धमाधम राजीनामा दिँदै शिक्षक

लोकपथ
392
Shares

राजनीतिमा लागेपछि जागिर चट हुने भयले सामुदायिक विद्यालयमा पढाउने शिक्षकले धमाधम राजीनामा दिन थालेका छन् । निर्वाचन आयोग र सर्वोच्च अदालतले शिक्षकलाई कुनै पनि राजनीतिक दलमा सक्रिय राजनीति गर्न पूर्ण बन्देज गरेको थियो ।

सोही आधारमा राजनीतिमा लागेका र आगामी स्थानीय र संघको निर्वाचनमा उम्मेदवार बन्ने मनसाय बोकेका शिक्षकले धमाधम राजीनामा दिन थालेका छन् ।

राष्ट्रिय शिक्षक किताबखाना (शिक्षक) का महानिर्देशक रामराज खकुरेलले मंसिरमा मात्रै ३ सय ६८ शिक्षकले पदावधि बाँकी छँदै राजीनामा दिएको जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षमा अनिवार्य अवकाश लिनेको संख्या करिब २७ सय रहेकामा साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिमा मात्रै २ हजार ६० जनाले निवृत्तिभरण पत्र बुझिसकेका छन् । नेपाल समाचारपत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?