ललितपुर । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिद्धारा संचालित अल्का आईभिएफ एण्ड फर्टिलिटी सेन्टरमा २ जना विशेषज्ञहरुले सेवा सुरु गरेका छन्। आईभिएफ विशेषज्ञद्धय डाक्टर स्वेता सिंह र डाक्टर नेहा हुमागाइँले अल्कामा सेवा सुरु गरेका हुन् ।
उनीहरु दुवै जना आईभिएफ सम्बन्धि विशेषज्ञ हुन्। केयुबाट एमबीबीएस र एमडी गरेकी गुमागाइँ चेन्नइबाट आइभिएफ र ल्याव्रोस्कोपीमा फेलोसिप गरेकी डाक्टर हुन्। उनीसँग राजधानीका विभिन्न अस्पतालहरुसँग काम गरेको अनुभव छ।
केयुबाट एमबीबीएस र एमडी गरेकी डाक्टर सिंहले दिल्लीबाट इनफर्टिलिटीमा फेलोसिप गरेकी छिन् । उनीहरु दुवैले वर्षे फेलोसिप गरेर नेपाल मेडिकल काउन्सिलमा इनफर्टि विशेषज्ञको रुपमा नामदर्ता गराएका छन्।
अल्का अस्पतालले अहिलेस्तर उन्नतिसँगै अल्का आईभिएफ सेवा सुरु गरेको छ । सुलभ दरमा अल्का अस्पतालले अन्तर्राष्ट्रिय स्तरको सेवा दिइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया