१. एमाले सांसदहरूको अवरोधका बीच प्रतिनिधिसभाबाट फौजदारी कसुर तथा फौजदारी कार्यविधि अध्यादेश बहुमतले स्वीकृत, अर्को बैठक पुस ७ गते बस्ने ।
२. साफ च्याम्पियनसिप उपविजेता राष्ट्रिय फुटबल टोली नेपाल सरकारद्वारा नगदसहित सम्मानित, खेलकुद क्षेत्रको विकासमा सरकारले सहयोग गर्ने प्रधानमन्त्री देउवाको प्रतिबद्धता ।
३. एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको गृहमन्त्री बालकृष्ण खाँणको भनाइ, एमसीसी परियोजना ऋणमा नभई निःसर्त अनुदान भएको स्पष्ट ।
४. प्रतिपक्षले अदालतमा विचाराधिन मुद्धाको न्याय निरूपणमा प्रतिकूल असर पार्ने काम गरेको सभामुख सापकोटाको आरोप, संसद अवरुद्ध पारेर एमालेले संसदीय विधि र प्रक्रिया विपरित काम गरिरहेको प्रतिक्रिया ।
५. सर्वोच्चमा भइरहेको विवादको सम्बन्धमा राजनीतिक दलहरू मुकदर्शक भएर बस्न नमिल्ने बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको भनाइ, जबराको बहिर्गमनको विषयमा दलहरूले आफ्नो निर्णय गर्नुपर्नेमा जोड ।
६. प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको साथमा आफ्नो पार्टी रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको भनाइ, संविधानको सर्वोच्चताको स्वीकार गर्नेहरूले सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुपर्ने उल्लेख ।
७. नेकपा माओवादी केन्द्रले तीन तहको पाठ्यक्रम तयार गरी उच्च तहको कक्षा र प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने, वर्तमान विश्वमा विकसित समकालीन मुद्दाहरूको अध्ययन गरी माक्र्सवादी दृष्टिकोण तयार पार्ने निष्कर्ष ।
८. गठबन्धन सरकार लामो समय टिक्ने अवस्था नभएको नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईको दाबी, वर्तमान गठबन्धन भत्काउने वा चाँडो चुनावमा जाने अवस्थाबाट सरकार गुज्रिरहेको टिप्पणी ।
९. विवेकशील साझा पार्टीबाट मिलन पाण्डे साधारण सदस्यसमेत नरहने गरी निष्कासित, पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राखेको पार्टीको आरोप ।
१०. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको १७ हजार ८९ परीक्षणमा थप २ सय ९० जनामा कोरोना संक्रमण पुष्टि, २ सय ३२ जना संक्रमणमुक्त, ३ जनाको मृत्यु ।
११. मंगलबार सेयर बजारमा देखियो सकारात्मक माहोल, नेप्से परिसूचक ५६ दशमलव ७३ अंकले बढ्दा २ अर्ब ३८ करोडको कारोबार ।
१२. अमेरिकामा एक जना ओमिक्रोन संक्रमितको मृत्यु, क्रिसमस र अन्य कार्यक्रमहरू रद्द गर्न विश्व स्वास्थ्य संगठनको आग्रह ।
१३. फिलिपिन्समा भयानक आँधीमा परी कम्तिमा ३ सय ७५ जनाको मृत्यु ,४ लाखभन्दा बढी प्रभावित, ५ सय बढी घाइते ।
१४. धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ विजयी, लुम्बिनी प्रदेश ६७ रनले पराजित ।
१५. र, स्पेनिस लालिगा फुटबलको राउन्ड ६ अन्तर्गतको खेलमा आज बार्सिलोना र सेभिल्ला भिड्दै, दुवै टोली एक अर्कालाई हराएर जित हात पार्ने दाउमा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया