एमसिसीबारे सत्तारूढ पाँच दलको साझा धारणा बन्ने दावी

लोकपथ
0
Shares

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे सत्तारूढ पाँच दलको साझा धारणा बन्ने दावी गरेका छन् । तनहुँमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले एमसिसी परियोजनमा मतभेद सृजना गरी गठबन्धन भत्काउने एमाले अध्यक्ष केपी ओलीको प्रयास सफल नहुने बताए । सत्तारुढ गठबन्धनमा एमसिसीबारे साझा धारणा बनाउन कार्यदल गठन भएको चर्चा गर्दै मन्त्री श्रेष्ठले छिट्टै साझा धारणा सार्वजनिक गरिने बताए ।  एमसिसीका अन्तरवस्तुका बारेमा पार्टीभित्र पनि छलफल भइरहेको उनले बताए ।

फरक प्रसंगमा मन्त्री श्रेष्ठले श्रम क्षेत्रमा वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन, नीतिगत सुधार गर्न, श्रम कूटनीतिलाई प्रभावकारी बनाउन आफु केन्द्रित रहेको बताए ।

देशभित्र रोगजारीको अवसर वृद्धि गर्ने, स्वरोजगारीका लागि प्रोत्साहित गर्ने तथा सम्मानजनक वैदेशिक रोजगारीका लागि विभिन्न सुधारका काम अघि बढाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?