हेर्नुहोस् आज दिनभरका मुख्य १५ समाचार (भिडियोसहित)

लोकपथ
42
Shares

१. समाजको सकारात्मक परिवर्तनका लागि सबैले उच्चशिक्षा पाउनुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, विश्वविद्यालयले परिवर्तनशील युगसँग सुहाउँदो वैज्ञानिक एवं प्राविधिक जनशक्तिको उत्पादन गर्नुपर्नेमा जोड ।

२. ओलीको राजनीति जोगाउन ठूलो डिजाइन भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दाबी, निर्वाचन आयोगले कानुनअनुसार काम गरेको भए ओली पार्टीविहीन हुने टिप्पणी ।

३. ओलीले प्रचण्डसँग आलोपालो अध्यक्ष र प्रधानमन्त्रीका लागि गरेको सहमति पालना नगरेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको आरोप, आफूमाथि अन्याय गर्दा पनि प्रचण्डले ओलीलाई चिन्न नसकेको भनाइ ।

४. एमाले सांसदको अवरोधपछि राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित, विकास निर्माणमा ढिलासुस्ती र महँगी बढिरहेका बेला सरकार चुप लागेर बसेको एमालेको आरोप ।

. संसद् विघटन गरी ओलीले देशलाई अधिनायकवादतर्फ धकेल्न खोजेको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको आरोप, ओलीको उक्त कदमलाई पाँचदलीय गठनले परास्त गरेको प्रतिक्रिया ।

६. गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिनुपर्नेमा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको जोड, एमसीसीलगायतका मुद्दामा गठबन्धनमा रहेका दलहरूबीच साझा धारणा बनाएर अघि बढ्न आग्रह ।

७. नेपाली कांग्रेसको प्रवक्ताबाट बाहिरिने विश्वप्रकाश शर्माको घोषणा, व्यवहारबाट सामाजिक रूपान्तरणको सन्देश दिनुपर्ने आवश्यकता रहेको भनाइ ।

८. वर्तमान राजनीतिक र आर्थिक संकटको समाधान निर्वाचनबाटै हुने नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेको भनाइ, राजनीतिक र आर्थिक रूपले देशको स्थिति गम्भीर अवस्थामा पुगिसकेको दाबी ।

९. अर्थतन्त्र संकटमा पर्न थालेको भनी भइरहेको प्रचारलाई अर्थमन्त्री जनार्दन शर्माले दिए ‘नियोजित हल्ला’को संज्ञा, पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले गर्नुपर्ने सहमति, समन्वयलगायतका कार्यहरू समयमै गर्ने प्रतिबद्धता।

१०. पछिल्लो २४ घण्टामा गरिएको ४ हजार १ सय ४१ परीक्षणमा थप २२० जनामा कोरोना संक्रमण पुष्टि, २ सय ६३ जना संक्रमणमुक्त, १ जनाको मृत्यु  ।

११. सेयर बजारको ओरालो यात्रामा आज पनि निरन्तरता, नेप्से परिसूचक १७ दशमलव ९३ अंकले घट्यो, २ अर्ब ४६ करोडको कारोबार ।

१२. म्यानमारमा सेनाद्वारा जुलाइमा मात्र ४० सर्वसाधारणको नरसंहार, कैदीकै भेषमा अदालत पुगिन् नेतृ आङ सान सुकी ।

१३. फिलिपिन्समा आएको शक्तिशाली आँधीमा परी २ सय ८ जनाको मृत्यु, ३ लाख विस्थापित, ५२ जना बेपत्ता ।

१४. सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली एपीएफको पहिलो जित, फ्रेन्ड्स क्लब ३–१ गोल अन्तरले पराजित ।

१५. र, एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा सहभागिता जनाउन नेपाली राष्ट्रिय भलिबल टोली बंगलादेश प्रस्थान, महिला टोलीले पुस ८ मा श्रीलंकाविरुद्ध खेल्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?