भिक्षुको हत्या गर्ने बिक पक्राउ

लोकपथ
338
Shares

काठमाडौं । कास्कीमा भिक्षुको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

अन्नपूर्ण गाउँपालिका-१० घान्द्रुकस्थित ट्रसमा बाग्लुङ, बाग्लुङ नगरपालिका-६ लहरेपिपल घर भएका भिक्षा माग्दै हिँडने ५७ वर्षीय शिव परियारको हत्या गरेको अभियोगमा सोही नगरपालिका-९ कुवापानी बस्ने ३६ वर्षीय अर्जुन बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

शनिबार उक्त ट्रसमा शव फेला परेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा शिव र मादक पदार्थ सेवन गरेका अर्जुनबीच झगडा हुँदा अर्जुनले हत्या गरेको खुल्न आएपछि अर्जुनलाई पक्राउ गरेको हो ।

उनी उपर ज्यान सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ४ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?