३ सय ३३ ग्राम सुनसहित बंगलादेशी नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

लोकपथ
338
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ सय ३३ ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई लैजाने लागेको करिब ३ सय ३३ ग्राम सुनसहित बंगलादेशी नागरिक राहदानी नम्बर ईएन ०९८७८१ बाहक ३५ वर्षीय अस्राफुल इजलामलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

हिमालयन एअरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनलाई विमानास्थलमा खटिएको प्रहरीले ह्‍याण्ड व्यागेजमा जाँच गर्दा २ सय ३३ ग्राम सुनको धातुको बिस्कुट २ थान र १ सय ग्रामको चेनरोल १ थान गरी जम्मा उक्त परिमाणको धातुसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनी उपर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट आवश्यक अनुसन्धान एवं कारवाही भइरहेको अन्तर्राराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?