कस्तो रहला आजको मौसम ?

लोकपथ
35
Shares

हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रहनेछ ।

मंगलबार प्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । राति प्रदेश १ तथा बागमतीका उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?