आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
91
Shares

१. बालुवाटारमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबिनै बस्यो सर्वदलीय बैठक, संसदको गतिरोध अन्त्य र एमसीसीलगायतका विषयमा छलफल ।

२. मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नुपर्नेमा प्रधानमन्त्री देउवाको जोड, ज्यापु समुदायलाई चाहिएको सहयोग गर्न सरकार तयार रहेको भनाइ ।

३. यथास्थितिमा एमसीसी सम्झौता पारित हुन नसक्ने नेकपा एकीकृत समाजवादी पार्टीको धारणा, अमेरिकाले दिने ४२ अर्बभन्दा राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थिरता र नेपाली जनताको मनोभावना महत्वपूर्ण भएको निष्कर्ष ।

४. समुदायको पहिचानसहितको समृद्धिमा नै राष्ट्रको उन्नति हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ, सांस्कृतिक विविधतासहितको सहिष्णुता नै नेपाली समाजको एकता भएको उल्लेख ।

५. नागरिकता नहुनेलाई मतदाता हुनबाट वञ्चित गर्नु मानवताविरोधी कार्य भएको जसपाका अध्यक्ष उपेन्द्र यादवको भनाइ, नागरिकताको प्रमाणपत्र दिनुपर्ने दायित्व राज्यको भए पनि राज्यले आफ्नो जिम्मेवारी पूरा नगरेको आरोप ।

६. एमसीसीको पक्षमा जनमोर्चा नरहेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको भनाइ, चीनविरोधी क्याम्पमा नेपाललाई लैजान एमसीसी ल्याइएको आरोप

७. भलिबल संघलाई कभर्डहलका लागि जग्गा उपलब्ध गराउने खेलकुद मन्त्री गहतराजको वाचा, खेलकुद जगतमा देखिएका समस्या छिटै समाधान गर्ने प्रतिबद्धता ।

८. सरकारमा रहेका दलहरूबीच सहमति नभई एमसीसी अघि बढ्न नसक्ने नेकपा माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङको दाबी, सहमतिका लागि सम्झौतामा भएका अन्तरवस्तुमा रहेका असमान सर्त हटाउनुपर्ने भनाइ ।

९. बागमती प्रदेशको राजधानी हेटौंडाबाट १२ देखि १८ वर्षका बालबालिकाहरूलाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाउने अभियान सुरु, स्वास्थ्यमन्त्री खतिवडाले गरे अभियानको उद्घाटन ।

१०. आज धान्य पूर्णिमा, उँधौली पर्व र योमरी पुन्ही, किराँत समुदायद्वारा उँधौली र नेवार समुदायद्वारा योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाइयो ।

११. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ८ सय ७२ परीक्षणमा थप १ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ८९ जना कोरोना संक्रमणमुक्त, १ जनाको मृत्यु ।

१२. इराकको राजधानी बगदादको ग्रीन जोनलाई लक्षित गरी रकेट आक्रमण, रकेट कसले र किन प्रहार ग¥यो भन्नेबारे इराकी सुरक्षा बलद्वारा अनुसन्धान सुरु ।

१३. अस्ट्रेलियाको ब्रिसबेननजिकै समुद्री विमान दुर्घटना, दुर्घटनामा दुई पुरुष र दुई बालबालिका गरी ४ जनाको मृत्यु ।

१४. साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपाल पराजित, विजयी भारत फाइनलमा प्रवेश ।

१५. र, धनगढीमा जारी प्रधानमन्त्री कप महिला टि –२० राष्ट्रिय प्रतियोगितामा प्रदेश १ र लुम्बिनी प्रदेश सेमिफाइनलमा, बागमती प्रदेश ५५ रन र कर्णाली प्रदेश १० विकेटले पराजित ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?