धनगढीमा ‘बजाज एक्सचेन्ज महामेला’ अफर सुरु

लोकपथ
84
Shares

काठमाडौं । धनगढीमा पनि ‘फाइदा मोर, टेन्सन नो मोर’ शीर्षकका साथ ‘बजाज एक्सचेन्ज महा मेला’ अफर सुरु भएको छ । धनगढीका लागि बजाज मोटरसाइकलको एकमात्र अधिकारिक वितरक दिनेश इन्टरप्राइजेजले पुस ४ गतेदेखि १० गतेसम्म अफर मेला सुरु गरेको हो ।

यस अफरअन्तर्गत ग्राहकहरुले कुनै पनि ब्राण्डको पुरानो बाइक ल्याएर नयाँ बजाज बाइक लिएर घर फर्कन सक्नेछन् । यसमा १८ भन्दा बढि भ्यालुएटरहरु रहेका छन् र कुनै पनि मोटरसाइकलको प्रचलित बजार भ्यालुएसन भन्दा १० हजार रुपैँया थप गरि दिइने कम्पनीले जनाएको छ ।

यसका बाहेक मेलामा बजाजले ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याज समेत रहेको जनाएको छ । बजाज एक्सचेन्ज महा मेलामा सांगितिक प्रस्तुती समेत रहने दिनेश इन्टरप्राइजेजका निर्देशक श्याम हमालले बताए । मेलाको आइतबार कैलाली उद्योग बाणीज्य संघका अध्यक्ष पुष्पराज कुँवरले उद्घाटन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?