पछिल्लो २४ घण्टामा थप १ सय ८१ जना कोरोना संक्रमित

लोकपथ
156
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार देशभर गरिएको ९ हजार ८ सय ७२ जनाको परीक्षणमा थप १ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ सय ८९ जना संक्रमणमुक्त भएका छन् । नेपाल हालसम्म ८ लाख ८ हजार ८ सय ९२ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ९८ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण थप १ जनाले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण का कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय ७३ पुगेको छ ।

हाल देशभर ५ हजार ७ सय ७१ जना सक्रिय संक्रमित रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?