मध्यपहाडी लोममार्ग शुक्रबारदेखि अवरुद्ध, अझै दुई दिन बन्द नखुल्ने

लोकपथ
287
Shares

सुर्खेत । मध्यपहाडी लोकमार्ग शुक्रबारदेखि अवरुद्ध भएको छ । लोकमार्गको रुकुमपश्चिम सानीभेरी गाउँपालिकास्थित चाइनाबगर नजिकै पहिरो झरेपछि अवरुद्ध भएको हो ।

सडक कालोपत्रेका लागि कटिङ गर्ने क्रममा पहिरो झरेको थियो । पहिरो पन्छाउने काम ढिलो भएका कारणले लोकमार्ग अवरुद्ध रहेको छ । पहिरो झरेगलत्तै हटाउन प्रयास भइरहेको छ । तर, पहिरो धेरै ठूलो भएकाले काम ढिला भएको हो ।

मंगलबारसम्म सडक सुचारु हुने अनुमान गरिएको सानीभेरी गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनले जानकारी दिए । ‘दुई वडाको डोजरले सडकमा झरेको पहिरो हटाउने प्रयास भइरहेको छ ।’ उनले भने, ‘अझै पहिरो खुलाउनका दुई दिन जति लाग्छ ।’

लोकमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?