गुडिरहेको ट्रकमा आगलागी

लोकपथ
84
Shares

धनगढी । दाङबाट सिमेन्ट बोकेर कैलाली पुगेको ट्रकमा चल्लाचल्दै आगलागी भएको छ । कैलालीको अत्तरिया पुगेको सुदूरपश्चिम प्रदेश ०२–००१–ख नम्बरको ट्रकको टायरमा आगो लागेको प्रहरीले जनाएको छ ।

आगो गोदावरी नगरपालिकाको दम्कलको सहायताले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

‘आगलागीका कारण टायरमा क्षेति पुगेको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले भने,‘ट्रकमा कुनै क्षेति भएको छैन ।’ ट्रकको पछाडिको टाएरमा आगलागि भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?