रूसले संयुक्त विस्तृत कार्य योजना (जेसीपीओए) को पुनरुत्थान सम्बन्धी आगामी आठौं चरणको वार्ताले पक्षहरूका बीच “पारस्परिक रूपमा स्वीकार्य सम्झौता” पुनःस्थापना हुन सक्ने जनाएको छ।
वार्ताले सबै आवश्यक प्रयास गर्न तत्परता देखाएको पनि रुसी विदेश मन्त्रालयले शनिबार जनाएको छ।
शुक्रबार भएको सातौं चरणको छलफलले थप गहन वार्ताका लागि आधारशिला बनाएको भियनामा अन्तर्राष्ट्रिय संस्थाका लागि रुसका स्थायी प्रतिनिधि मिखाइल उल्यानोभले बताएका छन्।
यसैबीच, अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार भने कि “JCPOA मा फिर्ता जाने बाटो” अझै छैन । तर अमेरिकाको रुस र चीनसँग विचारको ठूलो अन्तर छ।
“भियना वार्ता निकट भविष्यमा पुन: शुरु हुने साझा समझदारी बनेको छ। आगामी आठौं चरण पारस्परिक रूपमा स्वीकार्य सहमतिका साथ छोटो अवधिमा सम्पन्न हुन सक्ने सुनिश्चित गर्न आवश्यक प्रयास गर्न दुवै पक्ष तयार छन्,” विज्ञप्तिमा भनिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया