पाकिस्तानमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, कैयौँ घाइते

लोकपथ
169
Shares

पाकिस्तान । एक बैवाहिक समारोहमा जान लागेको बस दुर्घटनाग्रस्त हुँदा बसमा सवार कम्तीमा पनि ९ जनाको ज्यान गएको छ ।

सो दुर्घटनामा परेर अरु कैयौँ व्यक्ति घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल पुर्‍याइएको छ । शुक्रबार राति पञ्जाव प्रान्तको एक ग्रामीण सडकमा सो दुर्घटना भएको थियो ।

विबाहको भोजमा सहभागी हुन जान लागेको बस सडकबाट तल खसेको थियो । यसमा परेर घाइते भएकाहरुको अवस्था निकै नै गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या थप बढ्न सक्ने पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?