विद्यालयमै पुगेर बालबालिकालाई खोप लगाइने, महोत्तरीमा आइपुग्यो मोर्डना खोप

लोकपथ
247
Shares

महोत्तरी । कोभिड-१९ को नयाँ भेरियन्ट देखिएसँगै महोत्तरीमा कोरोनाविरुद्धको खोप अभियानलाई तीव्र बनाइएको छ । महोत्तरीमा १२ देखि १७ वर्ष उमेरका बालबालिका तथा किशोरकिशोरीलाई ७-११ पुसमा खोल लगाइने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भोला यादवका अनुसार सामुदायिक विद्यालयमै पुगेर विद्यार्थीलाई खोप लगाउनेछ । त्यसका लागि मोर्डना खोप आइसकेको उनले जनाए ।

६-११ पुसमा बर्दिबास, गौशाला, भंगाहा, रामगोपालपुर, औरही, सम्सी र सोनामा पालिकामा खोप अभियान सञ्चालन गरिनेछ । जलेश्वर, पिपरा, लोहारपट्टी, मटीहानी, मनरासिस्वा,बल्वा, र एकडारामा भने १४-१८ पुसमा सामुदयिक विद्यालयका विद्यार्थीलाई खोप लगाइने छ ।

खोप लगाउन छुटेका तथा दोस्रो मात्रा लगाउन बाँकीले पनि खोप लगाउन पाउने उनले जानकारी दिए । महोत्तरीको कुल जनसंख्याको झण्डै ६५ प्रतिशतले खोप लगाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?