आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
77
Shares

१. नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ८ सहमहामन्त्रीको अन्तिम नजिता सार्वजनिक, कर्णालीका मुख्यमन्त्री प्रतिस्पर्धामा पराजित, केन्द्रीय सदस्यको मतगणना गरिँदै ।

२. पार्टीका कामलाई प्रभावकारी बनाउन नेकपा (एमाले)का अध्यक्ष ओलीको निर्देशन, महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशा र कार्यभार पूरा गर्न एकजुट हुनुपर्नेमा जोड ।

३. नेकपा एमालेले दियो विभिन्न विभाग र जिल्लाको नेतृत्वलाई पूर्णता, पूर्वमहान्यायाधिवक्तादेखि उद्योगीसम्म समेटिए, प्रदेश र स्थानीय तहमा पनि सर्वसम्मत नेतृत्व चयनमा जोड दिने ।

४. भीम रावलले पार्टीमा जिम्मेवारी लिन तत्परता नदेखाएको एमाले महासचिव शंकर पोखरेलको भनाइ, पार्टीभित्रको कार्य विभाजनमा नेतृत्वले विभेद गरेको भन्ने कुरा सत्य नभएको दाबी ।

५. पार्टीको नेतृत्व तहमा युवापुस्ता आउनु सकारात्मक भएको नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको भनाइ, सबैलाई संगठित गरेर पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड ।

६. गैरसरकारी संस्थाहरुलाई आवश्यक सुरक्षाको व्यवस्था तत्काल मिलाउन गृहमन्त्री बालकृष्ण खाणको निर्देशन, सरकारले राज्यका कुनै पनि निकायमा हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको भनाइ ।

७. राष्ट्रिय क्रिकेट टिमका खेलाडीमाथि गरिएको कारबाही पुनर्विचार गर्न खेलकुदमन्त्री महेश्वर गहतराजको आग्रह, विश्वसामु चिनाउन योगदान गरेका खेलाडीलाई दुरुत्साहित तरिकाले कारबाही गर्नु गलत भएको टिप्पणी ।

८. बजेटको ३० प्रतिशत रकम पुसभित्र खर्च गरिसक्न अर्थमन्त्री जनार्दन शर्माको निर्देशन, आर्थिक वर्षको अन्तिममा बजेट निकास गर्ने परिपाटी अन्त्य गर्ने प्रतिबद्धता ।

९. गरिबी न्यूनीकरणका लागि सामाजवादी व्यवस्था नै वैज्ञानिक भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ, देश विकासका लागि कृषि क्षेत्रको योगदान महत्वपूर्ण ।

१०. मुक्तहलिया समस्या समाधान अध्ययनका लागि ५ सदस्यीय कार्यदल गठन, १५ दिनभित्र समस्या समाधानको उपाय र विकल्पसहितको अध्ययन प्रतिवेदन सरकारसमक्ष पेस गर्नुपर्ने ।

११. बितेको २४ घण्टामा देशभर २७४ जनामा कोरोना संक्रमण पुष्टि, २७० जना संक्रमणमुक्त हुँदा ३ जनाको मृत्यु ।

१२. अफगानिस्तानको अवस्थाबारेमा गम्भीर हुन पाकिस्तानद्वारा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण, आर्थिक मन्दी छाउँदा नागरिकलाई खाना र औषधिकै समस्या ।

१३. उत्तर कोरियाली नागरिकलाई ११ दिनसम्म हाँस्न र पिउन प्रतिबन्ध, पिताको मृत्युको १०औँ वार्षिकी मनाइरहेका बेला किम जोङद्वारा सर्वसाधारणलाई कुनै खुसी व्यक्त नगर्न निर्देशन ।

१४. आफूहरुमाथिको कारबाहीको निर्णय पुनर्विचार गर्न नेपाल क्रिकेट संघ (क्यान) लाई खेलाडीहरुको आग्रह, क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनाउन चेतावनी ।

१५. र, यू–१९ महिला साफ फुटबल च्याम्पियनसिपमा आज नेपाल र भुटानबीच प्रतिस्पर्धा, भुटानलाई हराउने दाउमा नेपाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?