भारतमा थप सात हजार ४ सय ४७ जना कोरोना संक्रमित

लोकपथ
13
Shares

काठमाडौं । भारतमा कोरोना भाइरसबाट थप सात हजार ४ सय ४७ संक्रमित भएका छन् ।

सोही अवधिमा थप ३९१ जनाको कोरोनाका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ७६ हजार ८ सय ६९ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ८६ हजार ४ सय १५ रहेको छ । अहिले संक्रमित अवस्थामै रहेकाको संख्या कूल संक्रमितको संख्याको ०.२५ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ । यो संख्या सन् २०२० को मार्च पछिकै सबैभन्दा कम रहेको अधिकारीले जनाएका छन् ।
गएको २४ घण्टामा भारतमा सात हजार ८ सय ८६ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४१ लाख ६२ हजार ७ सय ६५ जनालाई कोरोना संक्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८.३८ प्रतिशत रहेको जनाइएको छ । यो संख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ ।

भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६६ करोड २ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ३५ करोड ९९ लाख ९६ हजार २ सय ६७ डोज खोप लगाइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?