बाढीका कारण दक्षिण सुडानमा ८ लाखभन्दा बढी मानिस प्रभावित : राष्ट्रसंघ

लोकपथ
0
Shares

काठमाडौं । दक्षिण सुडानमा आएको बाढीले विस्थापन र हिंसाको जोखिम बढाउँदै लगेको छ। खाद्य सुरक्षा खतरामा पारेको छ र जीविकोपार्जनमा बाधा पुगेको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ ।
गत मे यता देशका करिब ८ लाख ३५ हजारम मानिस बाढीबाट प्रभावित भएको संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयले जनाएको छ । प्रभावित भएका मध्ये ८० प्रतिशतभन्दा बढी जोङ्लेई, एकता र माथिल्लो नाइल राज्यका रहेको कार्यालयले जनाएको छ ।

तेलको धनी राज्यको राजधानी बेन्टिउले छ दशकमा सबैभन्दा खराब बाढीको सामना यस पालि गरेको छ र राज्यका २ लाख भन्दा बढी मानिसहरू विस्थापित भएका छन् र उनीहरूलाई सहयोगको आवश्यकता छ ।

कार्यालयका अनुसार, पछिल्लो ११ महिनामा दक्षिण सुडानमा मानवीय एजेन्सीहरूले ६ लाख १९ हजार मानिसहरूलाई खानपानको व्यवस्था गरेका छन् र लगभग ४ लाख ७७ हजार मानिसहरूलाई आपतकालीन पानी, सरसफाइ र स्वच्छता राहत वितरण गरेका छन् भने २ लाख २७ हजार मानिसहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराएको कार्यालयले जनाएको छ ।

आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूका लागि नयाँ बसोबास क्षेत्रहरू पहिचान रिएकामा पाँच वर्ष मुनिका बालबालिकाहरूमा कुपोषणको चिन्ताजनक अवस्था देखिएको छ । यसले देशमा पहिले नै २० लाख मानिस आन्तरिक रुपमा विस्थापित रहेको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?