वेश्यावृत्ति गर्ने गराउने कार्यमा संलग्न २ जना पक्राउ

लोकपथ
119
Shares

सुनसरी । इटहरी उपमहानगरपालिका-९ स्थित रिभरसाइड होटल एण्ड लजमा महिलाहरु राखी वेश्यावृत्ति गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका-४ बस्ने ३६ वर्षीय गौतम लेप्चा र संखुवासभा नुम गाउपालिका-५ बस्ने २० वर्षीय मिनराज पराजुली रहेका छन् ।

उक्त होटल एण्ड लजमा वेश्यावृत्ति कार्य गराउँदै आएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले होटलबाट पीडितलाई उद्दार गरी उक्त कार्यमा संलग्न लेप्चा र पराजुलीलाई पक्राउ गरेको हो ।

उनीहरुउपर मानव बेचबिखन मुद्दा शीर्षकमा जिल्ला अदालत सुनसरीबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?