आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
260
Shares

१. नेपाली कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी, चुवानी प्रतिस्पर्धा सकिएसँगै आगामी दिनमा कामको प्रतिस्पर्धा गर्ने शर्माको प्रतिबद्धता ।

२. रक्षामन्त्री डा. मिनेन्द्र रिजालले दिए पदबाट राजीनामा, नेपाली कांग्रेसको महामन्त्रीमा पराजित भएपछि नैतिकताको आधारमा राजीनामा दिने निर्णयमा पुगेको प्रस्टोक्ति ।

३. नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीको मतगणना जारी, सहमहामन्त्री उम्मेदवारका आठ क्लस्टरमध्ये आज दलित, महिला र आदिवासी जनजातिको मतगणना गरिँदै ।

४. पूर्वराजा ज्ञानेन्द्रसँग सहमति भएको कुरा प्रमाणित गर्न ओलीलाई प्रचण्डको चुनौती, ओली झुट, बेइमानी र धोकाको अर्को रूप भएको आरोप ।

५. पार्टीलाई एकताबद्ध गराउन प्रतिबद्ध भएर लाग्ने नवनिर्वाचित महामन्त्री गगन थापाको बाचा, आफूसँग थाक्ने र चुक्ने सुविधा नभएको भनाइ ।

६. कम्युनिस्ट आन्दोलन टुटफुट गराउन कतिपय व्यक्तिहरू जिम्मेवार रहेको एमाले नेता भीम रावलको भनाइ, राजनीतिक दलमा फुट आउनाले बाहिरी हस्तक्षेप बढेको भन्दै सचेत रहन आग्रह ।

७. पार्टीलाई एकताबद्ध बनाएर आगामी निर्वाचन जिताउनतर्फ लाग्नुपर्नेमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको जोड, आफू पार्टीलाई एकताबद्ध बनाउने र पार्टीभित्र सद्भाव कायम गर्ने अभियानमा लागेको भनाइ ।

८. प्रचण्डपथको कार्यदिशालाई छोड्नु गलत भएको जनार्दन शर्माको भनाइ, माओवादीले आफ्नो नेतृत्वमा भएको परिवर्तनको स्वामित्व लिन नसकेको उल्लेख ।

९. सरकारका प्राथमिकताका आयोजना पहुँचवाला व्यक्तिको हातमा परेको सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको आरोप, प्रदेश र स्थानीय तहसँग समन्वय हुन नसक्दा आवास पुनर्निर्माण र सहरी विकासका काम हुन नसकेको भनाइ ।

१०. पछिल्लो २४ घण्टामा देशभर १८४ जनामा कोरोना संक्रमण पुष्टि, २६७ जना संक्रमणमुक्त, २ जनाको मृत्यु ।

११. साताको अन्तिम कारोबार दिन बिहीबार पनि ओरालो लाग्यो सेयर बजार, नेप्से ३७ दशमलव ८७ अंकले घट्दा कारोबार रकम २ अर्बमा खुम्चियो ।

१२. सन् २०२२ मा कोरोना महामारी विश्वबाटै समाप्त हुने डब्लूएचओको दाबी, आगामी वर्षसम्म विश्वका सबै देशमा पूर्ण खोप लगाउने लक्ष्य ।

१३. डोमिनिकन रिपब्लिकमा विमान दुर्घटना, चालक दलका सदस्यसहित नौ जनाको मृत्यु ।

१४. एन्फाका सात पदाधिकारीद्वारा केन्द्रीय कार्यसमितिको बैठक माग, कार्यसमितिको निर्णयबिना नै नेतृत्वले ‘ए’ डिभिजन लिगलगायत कार्यक्रम सञ्चालन गरिरहेको आरोप ।

१५. र, सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौँ चरणको खेल शुक्रबारबाट सुरु हुँदै, दशरथ रंगशाला र पोखरा रंगशालामा आयोजना हुने सात खेलहरू सोमबारसम्म आयोजना हुने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?