पछिल्लो २४ घण्टामा थप १ सय ८४ जना कोरोना संक्रमित

लोकपथ
104
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ८४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । कुल ११ हजार १८ जनामा गरिएको परीक्षणमा पीसीआरबाट १ सय ६० जना र एन्टिजेनबाट  २४ जना कोरोना पोजिटिभ देखिएका हुन् ।

पछिल्लो २४ घण्टामा २ सय ६७ जना कोरोनाबाट निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ८ लाख ८ हजार ८० पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय २६ छ ।

मन्त्रालयका अनुसार निको हुनेको प्रतिशत ९७ दशमलव ९ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारणबाट २ जनाको मृत्यु भएको छ ।

योसँगै हालसम्म मृत्यु हुने कोरोना संक्रमितको संख्या ११ हजार ५ सय ६७ पुगेको छ । हाल नेपालमा मृत्यु हुनेको दर १ दशमलव ४ प्रतिशत रहेको छ ।

पछिल्लो समय २ लाख ४० हजार ५ सय ६४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

योसँगै देशभर कोरोनाविरुद्दको खोप लगाउनेको संख्या २ करोड १२ लाख ३८ हजार ६ सय २३ पुगेको छ । हाल ९६ जना क्वारेन्टाइनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?