भारतमा थप सात हजार ९ सय ७४ नयाँ संक्रमित

लोकपथ
0
Shares

काठमाडौं । भारतमा कोरोनाभाइरसबाट थप सात हजार ९ सय ७४ संक्रमित भएका छन् । सरकारी अधिकारीले सोही अवधिमा थप ३ सय ४३ जनाको कोरोनाका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ७६ हजार ४ सय ७८ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।

भारतमा अहिले संक्रमित अवस्थामै रहेका सङ्क्रमितको संख्या ८७ हजार २ सय ४५ रहेको छ । अहिले संक्रमित अवस्थामै रहेकाको संख्या कुल संक्रमितको संख्याको ०.२५ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ । यो संख्या सन् २०२० को मार्च पछिकै सबैभन्दा कम रहेको अधिकारीले जनाएका छन् ।

गएको २४ घण्टामा भारतमा आठ हजार ९ सय ४८ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४१ लाख ५४ हजार ८ सय ७९ जनालाई कोरोना संक्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८.३८ प्रतिशत रहेको जनाइएको छ । यो संख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ ।

भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६६ करोड २ लाख व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ३५ करोड २५ लाख डोज खोप लगाइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?