अपडेट : गगन थापाले कटाए २५ सय मत

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीको मतगणना अन्तिम चरणमा पुगेको छ । पार्टी कार्यालय सानेपामा झण्डै ४ जार मतको गणना भएको छ ।

साढे २ बजेसम्म ३ हजार ९ सय ९० मतको गणना भएको छ । सो क्रममा गगन थापाले २ हजार ५ सय ८१ मत ल्याएका छन् । त्यससँगै उनको जित पक्का भएको छ ।

त्यस्तै उनलाई विश्वप्रकाश शर्माले पछ्याइरहेका छन् । शर्माले १ हजार ६ सय ४६ मत ल्याएका छन् ।

त्यसैगरी अन्य उम्मेदवारहरु डा. प्रकाश शरण महत १ हजार ३ सय २७ प्रदीप पौडेलले १ हजार १ सय ८८, डा.मिनेन्द्र रिजालले ६ सय ८७ र राजाराम कार्कीले ८८ ल्याएका छन् ।

अब करिब ५ सयको हाराहारीमा मत गन्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?