काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन एरियाबाट करिब ८ सय ११ ग्राम सुनसहित २ जना पक्राउ परेका छन् ।
विमानस्थल बुधबार बिहान आगमन एरियाबाट करिब ८ सय ११ ग्राम सुनसहित २ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ३५ वर्षीय इर्साद अहमद र ३२ वर्षीय मोहमद सइद इब्राहिम शेख रहेका छन् ।
दुबईबाट काठमाडौं आएका उनीहरुलाई विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा इर्सादले प्लाष्टिदकले बेरी ल्याएको करिब ४ सय ४२ ग्राम र महोमदले मलद्वारभित्र लुकाई ल्याएको करिब ३ सय ७९ ग्राम सुन जस्तो देखिने पहेलो अर्धठोस पदार्थ सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
सुनसहित दुवै जनालाई आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया