पूर्वी इन्डोनेसियामा ५.६ म्याग्निच्युडको भूकम्प

RSS
78
Shares

काठमाडौं । इन्डोनेसियाको पूर्वी प्रान्त मालुकुमा बिहीबार ५.६ म्याग्निच्युडको भूकम्प गएको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएको छ ।

भूकम्प जाकार्ता समय ११.२६ मा गएको थियो । मालुकु बरात दया जिल्लाको १ सय ६३ किलोमिटर दक्षिण पश्चिममा केन्द्रबिन्दु र समुद्रको तल २६ किलोमिटर गहिराइमा रहेको एजेन्सीले जनाएको छ।

एजेन्सीका अनुसार सुनामीको खतरा भने प्रक्षेपण गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?