‘वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई पानीमुनि गएपनि छोड्दिन’ : मन्त्री श्रेष्ठ

लोकपथ
42
Shares

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई पानीमुनि गएपनि नछोड्ने चेतावनी दिएका छन् ।  एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालको नेतृत्वमा ज्ञापनपत्र बुझाउन मन्त्रालय गएका व्यवसायीहरुलाई मन्त्री श्रेष्ठले वैदेशिक रोगजारको क्षेत्र मर्यादित, सुरक्षित, व्यवस्थित र बेथिति नियन्त्रण गर्न व्यवसायी उतिकै जिम्मेवार हुनुपर्ने बताए ।

मन्त्री श्रेष्ठले गलत काममा संलग्न जोसुकै माथि राज्यले कानुनअनुसार कारवाहीको प्रक्रिया अघि बढाउने बताउँदै वैदेशिक रोगजारसम्बन्धी बेथितिको अनुसन्धान र कारबाही गर्ने छुट्टै प्रणाली स्थापना गर्ने तयारी गरिएको बताए । व्यवसायीहरुका जायज सुझावहरुलाई सरकारले ग्रहण गर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

मन्त्री श्रेष्ठले वैदेशिक रोगजारको क्षेत्रमा रहेका बेथिति रोक्ने, नयाँ प्रणाली स्थापित गर्ने, सुरक्षित र व्यवस्थित बनाउने आफ्नो योजनामा सहयोग गर्न व्यवसायीहरुलाई आग्रह गरे । वैदेशिक रोजगारीमा देखिएका विकृतिलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्नेबारे मन्‍त्रालयले गठन गरेको कार्यदलले अध्ययन गरिरहेको उनले बताए । उनले वैदेशिक रोजगार व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा देखिएको भन्दै मर्जमा जान पनि सुझाव दिए ।

मन्त्रालयका सचिव एकनारायण अर्यालले सरोकारवला सवै पक्षको संयुक्त पहलबाट वैदेशिक रोजगारीका चुनौतिहरु समाधान हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?