हेर्नुहोस् आज दिनभरका मुख्य १५ समाचार (भिडियोसहित)

लोकपथ
91
Shares

१. नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गतको उपसभापति पदको मतगणना जारी, महामन्त्रीको मतगणना भने भोलि हुने ।

२. पार्टीमा सशक्त रुपले प्रस्तुत हुुने डा. शेखर कोइरालाको भनाइ, अब गुटबन्दीमा नलाग्ने उद्घोष ।

३. शैक्षिक विकास र दक्ष जनशक्ति उत्पादनमा काठमाडौं विश्वविद्यालयको महत्वपूर्ण योगदान रहेको प्रधानमन्त्री देउवाको भनाइ, राष्ट्रकै चिन्ताको विषय बनेको जनशक्ति पलायन रोक्न शैक्षिक विकास गर्ने प्रतिबद्धता ।

४. देशमा अस्थिरता निम्त्याउन प्रचण्ड र माधवकुमार नेपाल सक्रिय रहेको नेकपा एकमालेका अध्यक्ष ओलीको भनाइ, कांग्रेसले खराब तत्वसँग साठगाँठ गरेको र वामपन्थी शक्तिविरुद्ध लागेको आरोप ।

५. ओलीले संसद् अवरोध गरेर देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गरेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको आरोप, सरकारले संसद् सुचारु गराएर देशलाई लोकतान्त्रिक गति दिने प्रयास गर्नुपर्नेमा जोड ।

६. नेपालको विकास नहुनुमा पुँजी अभावभन्दा पनि बुझाइ कारक रहेको अर्थमन्त्री जनार्दन शर्माको दाबी, विकासका लागि स्पष्ट धारणा बनाउनुपर्ने आवश्यकता रहेको भनाइ ।

७. आफूहरू वामपन्थी आन्दोलन बलियो बनाउन लागिरहेकाले पार्टी फुट्यो भनेर चिन्ता नगर्न नेकपा एसका अध्यक्ष नेपालको आग्रह, वडा तहसम्म कमिटी गठन र पार्टीलाई गतिशील बनाउनतिर लाग्न कार्यकर्ताहरूलाई निर्देशन ।

८. देउवाले आगामी निर्वाचनमा कांग्रेसलाई दुई तिहाइ बहुमत दिलाउनेमा नेपाली कांग्रेसका नेता प्रकाशशरण महत विश्वस्त, देउवाले कांग्रेसलाई आधुनिक, सुदृढ, विस्तारित र गतिशील पार्टीको रूपमा निर्माण गर्ने प्रतिक्रिया ।

९. कांग्रेसमा अहिले सुन र पित्तल छुट्टिएको नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार मिनेन्द्र रिजालको भनाइ, सभापतिमा कोइराला अंकमा पराजित भए पनि विचारको विजय भएको टिप्पणी ।

१०. दुईवटा अध्यादेश पेस भएसँगै प्रदेश २ मा लोसपाद्वारा मुख्यमन्त्रीको राजीनामा माग्दै प्रदेशसभा बैठक अवरुद्ध, अर्को बैठक पुस ८ गते बस्ने ।

११. पछिल्लो २४ घण्टामा गरिएको ११ हजार ९ सय ९४ परीक्षणमा देशभर २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि, ३ सय जना संक्रमणमुक्त, ६ जनाको मृत्यु ।

१२. सेयर बजारमा पुनः गिरावट, नेप्से परिसूचक ४ दशमलव २३ अंकले घट्दा कारोबार रकम भने बढ्यो ।

१३. हाइटीमा ग्याँसट्रक विस्फोट हुँदा ६२ जनाको मृत्यु, वरपरका भवनहरू जलेर नष्ट, दर्जनौँ घाइते ।

१४. राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाललाई पुनर्बहाली गर्न सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश जारी, नयाँ सदस्यसचिव घिसिङलाई काम गर्न रोक ।

१५. र, साफ यु –१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालको शानदार जित, श्रीलंका ६ गोलले पराजित ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?