ताप्लेजुङ । ताप्लेजुङमा पछिल्लो एक वर्षमा २३ वटा मानवअधिकार उल्लंघनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङले नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ को पूर्ववार्षिक समीक्षा गर्ने क्रममा सन् २०२१ मा २३ वटा मानवअधिकार उल्लंघनका घटना भएको जनाएको हो ।
इन्सेकले अभिलेख गरेको घटनामध्ये बलात्कारका १० वटा, बलात्कार प्रयासको दुईवटा, गर्भपतनको एकवटा, बाल यौन दुर्व्यवहारको एक वटा, हत्याको एक वटा, नवजात शिशु हत्याको एकवटा, अपहरण शरीर बन्धक तथा बलात्कारको एक वट, गर्भपतनगरी हत्या एक वटा, गर्भ संरक्षण कसुरको एक वट, कर्मचारीमाथि अभद्र व्यवहार एकवटा, मजदुर हत्या तथा बाल विवाहका दुईवटा गरी २३ घटना सार्वजनिक गरेको छ ।
बलात्कारपछि गर्भवती बनेकी १३ वर्षीया एक बालिका र १४ वर्षीया दुई जना गरी तीन जना बालिकाको भविष्य अन्धकारझैँ बनेको भन्दै इन्सेकले सरोकारवालाको ध्यानआकर्षण गराएको छ । बालिका बलात्कारका आरोपित दुई जना पक्राउ परेर कानुनी प्रक्रिया जारी छ भने एक जना अझै फरार छन् ।
यसैबीच इन्सेकले फक्ताङलुङ गाउँपालिका-४ इखाबुका २१ वर्षीय सरोज काम्बाङ लिम्बु उपचार अभावमा आठ महिनादेखि साङ्लोमा बाँधिनुपरेको भन्दै मानवीय नाताले पनि उद्धार गरी उपचार हुनुपर्ने माग गरेको छ ।
इन्सेक प्रतिनिधिले भने,’परिवारले पाँच लाख जति ऋण गरेर उपचार गर्यो । अब परिवारबाट सम्भव छैन् ।’ गरिब परिवारको उपचार गर्नु राज्यको दायित्व भएकाले सरोजको उपचारमा ढिलासुस्ती नगर्न आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया