ओमिक्रोन कहर : ७७ देशमा फैलियो भेरियन्ट

लोकपथ
286
Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नयाँ कोभिड भेरियन्ट ओमिक्रोन सम्भवतः विश्वका धेरैजसो देशमा पुगिसकेको हुनसक्ने अनुमान गरेको छ । हाल विश्वका ७७ देशमा यो भेरियन्ट फैलिएको पुष्टि भएको छ ।

यो निकै उत्परिवर्तित भेरियन्ट भएकोले तीव्र गतिमा फैलिरहेको र अन्य धेरै देशमा पनि हुनसक्ने डब्ल्यूएचओ प्रमुखले बताएका छन् ।

डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेब्रेयससले ओमिक्रोनलाई कम आँकिएकोमा आफू चिन्तित बनेको बताएका छन् । ओमिक्रोनको फैलावट यसअघिका कुनै भेरियन्टमा नदेखिएको दरमा भइरहेको डब्ल्यूएचओ प्रमुखले पत्रकारहरुलाई बताएका छन् ।

ओमिक्रोनले कम गम्भीर रोग निम्त्याउने भए पनि यसका खास सङ्ख्या कमजोर स्वास्थ्य प्रणालीका लागि पुनः चाप बन्न सक्ने बताएका छन् ।

यस भेरियन्टसँग जुझ्न कयौँ देशले बुस्टर मात्रा सुरु गर्ने बताएका अवस्थामा मंगलबारको पत्रकार सम्मेलनमा डा. टेड्रोसले खोप असमानताबारे आफ्ना चासो दोहोर्याएका छन् ।

उनले बुस्टर डोजहरुले कोभिड फैलन रोक्नका लागि महत्वपूर्ण भूमिका खेल्ने भए पनि केलाई प्राथमिकता दिने भन्ने अहम प्रश्न रहेको बताएका छन् ।

यस भेरियन्टलाई सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पहिचान गरिएको थियो । यसैसँगै कयौँ देशहरूले दक्षिणअफ्रिका र उसका छिमेकी देशसँग यात्रा प्रतिबन्ध लगाए पनि संक्रमण फैलन रोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?