चाँगुनारायणमा पुस ३ देखि मतदाता नामावली संकलन गरिने

लोकपथ
130
Shares

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा आगामी  पुस ३ देखि मतदाता नामावली संकलन गरिने भएको छ । पालिकामा नामावली संकलनका टोलीलाई १५ दिनसम्म खटाइने छ ।

मतदाता नामावली संकलनका लागि गठन भएको स्थानीय समन्वय तथा प्रचारप्रसार समितिको बैठकले ३ पुसदेखि नामावली संकलन गर्ने जानकारी दिएको हो ।

नामावली संकलन नगरपालिकाको कार्यपालिका भवनबाट गरिने भनिए पनि भौगोलिक विकटतालाई आधारमा मानेर वडागत रुपमा टोलीलाई खटाउने पर्ने माग स्थानीय राजनीतिक दलका प्रतिनिधिले गरेका छन् ।

त्यसका लागि बनेको स्थानीय समन्वय तथा प्रचारप्रसारका समितिको बैठकले नगरपालिका भवन टाढा भएको र सबैलाई आउन र जान असहज हुने भएकोले वडागत रुपमा नामावली संकलन गर्नुपर्ने माग उनीहरुले गरेका छन् । वडागत रुपमा मतदाता नामावली संकलन गर्नको लागि आवश्यक सहयोग गर्ने विश्वास राजनीतिक दलका प्रतिनिधिले गरेका छन् ।

राजधानीको नगरपालिका भए भौगोलिक विकटता र क्षेत्रफलको आधारमा स्थानीयलाई नगरपालिका भवन उपयुक्त नभएकोले वडागत रुपमा नामावली संकलन गर्नुपर्ने नेकपा एमालेका नगर कमिटिका अध्यक्ष रामप्रसाद तिमिल्सिनाले बताए । उनले कार्यपालिका भवन वरिपरिका स्थानीयलाई सहज भएता पनि धेरै स्थानीय टाढाबाट आउनु पर्ने र यातायातको सुविधा नभएकोले वडागत रुपमा नामावली संकलन गर्नुपर्ने बताए ।

मतदाता नामावली संकलनका लागि जिल्ला निर्वाचन कार्यालयका एक जना प्रतिनिधी र नगरपालिकाका कर्मचारीलाई खटाइने छ । हाल जिल्लाको सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिमा नामावली संकलन भइरहेको छ । दुई पालिकाले वडागत नगरपालिकाको भवनबाट नामावली संकलन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?