यस्ता छन् आज दिनभरका मुख्य १५ समाचार (भिडियोसहित)

लोकपथ
91
Shares

१. नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दोस्रो चरणको निर्वाचन दिउँसो साढे ३ बजेबाट सुरु, निर्वाचनमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला भिड्दै

२. प्रतिनिधिसभाको हिउँदे अधिवेशनअन्तर्गतको पहिलो बैठक एमालेद्वारा अवरुद्ध, एमाले सांसदहरूको नाराबाजीका बीच ६ वटा अध्यादेश पेस, अर्काे बैठक पुस ६ गते बस्ने

३. स्वदेशमै उत्पादित वस्तुको प्रयोग गर्न उपराष्ट्रपति नन्दबहादुर पुनको आग्रह, नेपालको आर्थिक समृद्धिका लागि आयात प्रतिस्थापन गरेर बढ्दो व्यापारघाटालाई निर्मूल गर्नुपर्नेमा जोड

४. विदेशीको रणनीतिअनुसार नेपाललाई अस्थिरतामा लैजान सत्तारुढ गठबन्धन क्रियाशील रहेको नेकपा एमाले अध्यक्ष ओलीको आरोप, निर्वाचन आयोग पनि एमाले विभाजनमा सहभागी भएको भनाइ

५. सभापतिको दोस्रो चरणको मतदानमा प्रकाशमान सिंहले देउवालाई समर्थन गर्ने, विधान संशोधनदेखि कार्यशैली सुधारसम्मको प्रतिबद्धतापछि देउवालाई समर्थन गर्न लागेको प्रस्टोक्ति

६. माओवादी केन्द्रले ग¥यो संसदीय बोर्डको गठन, राष्ट्रियसभा दलको प्रमुख सचेतकमा गोपी अछामी र सचिवमा रामनारायण बिडारी चयन

७. पुस्तौँसम्म पछुताउनुपर्ने गल्ती नगर्न प्रतिनिधिहरूलाई गगन थापाको आह्वान, महाधिवेशनबाट कांग्रेसको पुनर्जागरण र रुपान्तरणको यात्रा तय गर्नुपर्ने भनाइ

८. हृदयेश त्रिपाठीले गरे ‘जनता प्रगतिशील पार्टी नेपाल’को घोषणा, कांग्रेसका दमननाथ ढुंगानादेखि अर्थशास्त्री रामेश्वर खनाल पार्टीमा सहभागी

९. कर्मचारीहरूले साना–साना योजनामा कमिसन खाने गरेको नेकपा एसका अध्यक्ष नेपालको आरोप, कर्मचारीतन्त्र र उपभोक्तावादी भएकै कारण छिटो काम नभएको जिकिर

१०. सदन चलाउन प्रमुख प्रतिपक्षसँग संवाद गरिने कानुनमन्त्री बडूको प्रतिबद्धता, महाधिवेशन सकिएपछि आपसमा बसेर सहमतिको वातावरण निर्माण गरिने प्रतिक्रिया

११. पछिल्लो २४ घण्टामा गरिएको १३ हजार ७ सय ९ परीक्षणमा थप २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि, ३ सय ६२ जना संक्रमणमुक्त, २ जनाको मृत्यु

१२. मंगलबार सेयर बजार ६ प्रतिशतले बढेपछि समयअगावै कारोबार स्थगित, १ अर्ब ८४ करोडको कारोबार, ४३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

१३. बेलायतमा ओमिक्रोन भेरियन्टका कारण एक जना संक्रमितको मृत्यु, कोभिडबाट जोगिनका लागि दुई डोज खोप मात्रै पर्याप्त नभएकाले बुस्टर डोज लगाउन आह्वान

१४. ब्राजिलमा वर्षा र बाढीका कारण १० जनाको मृत्यु, २० हजारभन्दा बढी मानिस विस्थापित

१५. र, इंगलिस प्रिमियर लिग फुटबलअन्तर्गतको खेलमा आज म्यान्चेस्टर सिटी र लिड्स भिड्दै, दुवै टोली एक–अर्कालाई हराएर जित हात पार्ने दाउमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?