कोरोना अपडेट : मंगलबार थप २६४ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

लोकपथ
91
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा गरिएको १३ हजार ७ सय ९ परीक्षणमा २६४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सो अवधिमा ३६२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यो सँगै देशभर हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ७ हजर ५१६ पुगेको छ ।

यो अवधिमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणभन्दा हालसम्म देशभर ११ हजार ५५९ जनाको मृत्यु भइसकेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजर ६८९ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?