दक्षिण कोरियाको दक्षिणी टापुमा ४.९ म्याग्निच्युडको भूकम्प

लोकपथ
13
Shares

काठमाडौं । दक्षिण कोरियाको दक्षिणी टापु जेजुमा मंगलबार (आज) दिउँसो ४.९ म्याग्नीच्युडको भूकम्प गएकोमा अहिलेसम्म कुनै क्षति नभएको एसियाली देशको मौसम विभागले जनाएको छ।

साँझ ५ बजेर १९ मिनेटमा टापुको सिइओग्विपो शहरको जलक्षेत्रमा उक्त भूकम्प गएको हो । भूकम्पको केन्द्र ३३.०९ डिग्री उत्तरी अक्षांश र १२६.१६ डिग्री पूर्वी देशान्तरमा रिपोर्ट गरिएको थियो । जसको गहिराई समुद्रको तल १७ किलोमिटर थियो।

सुनामीको चेतावनी भने जारी गरिएको छैन। यद्यपि कमजोर माटो भएका क्षेत्रमा क्षति हुन सक्ने केएमएले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?