ट्याक्टरले किच्दा एक जनाको मृत्यु

लोकपथ
221
Shares

काठमाडौं । माईजोगमाई गाँउपालिका-४ गैरीगाउँमा ट्याक्टरको ढालाले किचेर ५४ वर्षीय पूर्णबहादुर घलेको मृत्यु भएको छ । सोमबार बेलुका सवा ६ बजेतिर पराल बोकेको मे१त ११७३ नम्बरको ट्याक्टरमा सवार घले लड्दा ट्याक्टरको ढालाले किचेको हो ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापश्चात् फरार रहेका चालक ताप्लेजुङ याङबरक गाँउपालिका-१ का २० वर्षीय टेकिन्द्रसिवा दर्जीलाई प्रहरीले मंगलबार बिहान साढे ७ बजे जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?