जुम्ली महिलाको व्यवसायी बन्ने सपना पूरा

लोकपथ
70
Shares

जुम्ला । तिलागाउपालिका-५ ढिमकोटगाउँकी अप्सरा शाही व्यावसायिक खेती गरी आत्मनिर्भर बन्ने सोचमा थिइन । तर, व्यावसायिक तरीकाले कसरी खेती गर्ने भन्ने केही थाहा थिएन् । जग्गा जमिन भएर पनि त्यसलाई उपयुक्त तरीकाले उपभोग गर्न नसकेकोमा उनी चिन्तित थिइन । घरको सामान्य खर्च टार्न पनि श्रीमानकै भर पर्नु पर्दा उनलाई सहयोग गर्न पाए हुन्थ्यो जस्तो ठान्थिन् ।

उनले यस्तो सोचलाई नविल बैंकसँग दिगो उद्यमशीलता विकासका लागि सात दिने सिपमुलक तालिमले पूरा गरिदिएको छ । उनले भनिन्, ‘हाम्रो गाउँपालिकाले बेरोजगारलाई आत्मनिर्भर बनाउन सिपमुलक तालिम दिएपछि व्यवसायिक बन्ने सपना पूरा भएको छ । अहिले व्यवसायिक रुपमा ओखरखेती गर्ने तयारी सुरू गरेकी छु ।’

तिलागाउँपालिका-१ की राजुकला थापा (बुढा) ले पनि तालिमपछि रारासेरीबजारमा खाजापसल चलाउँदै आएकी छन् । उनी भन्छिन् ‘व्यावसायविना महिलाको जीवनस्तर बदलिँदैन । चुलो चौकोमा सिमित हुँदा हिंसाको शिकार पनि बन्ने रहेछौं । हामीले गर्यो भने नसक्ने केही रैनछ ।’ अप्सरा र राजुकला मात्रै होइन तिलाका धेरै महिला तालिमपछि व्यवसायमार्फत आत्मनिर्भर बन्न थालेका छन् ।

तिलागाउँपालिकाले बेरोजगारलाई आत्मनिर्भर बनाउन नविल बैंकसँग दिगो उद्यमशीलता विकासका लागि साझेदारी गरेपछि यहाँका महिला उद्योमी बन्न अग्रसर भएका हुन् । तिलाले पालिकाभित्रका महिलालाई उद्यमशीलता र स्वरोजगार बनाउने गरी तिला गाउँपालिका, राष्ट्रिय युवा परिषद् र नबिल बैंकबीच त्रिपक्षीय समझदारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?