कांग्रेस सभापतिमा देउवाको सम्भावना

लोकपथ
2.4k
Shares
k|d b]pjf clejfbg ub}{ sf7df8f}F, @# dlª;/ M k|wfgdGqL z]/axfb’/ b]pjf g]kfnL sfFu|];sf] !$cf}F dxflwj]zg sfo{qmddf g]tf tyf sfo{stf{x?nfO{ clejfbg ub}{ . t:jL/ M rG›snf If]qL÷/f;;

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको मतदान राति अबेर सकिएको छ। विभिन्न २९ प्रकारका मतपत्र छपाइमा ढिला हुँदा पौने चार घण्टा ढिला गरी सोमबार बिहान ११:४५ बजे मात्र मतदान सुरु भएको थियो।

पूर्वमहामन्त्री कुलबहादुर गुरुङले आगामी चार वर्षका लागि पार्टीको नयाँ नेतृत्व छनोट गर्न भएको निर्वाचनमा पहिलो मत दिए।

नेतृत्व चयनका लागि सभापतिसहित १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्यका लागि ४ सय ९० जना प्रतिस्पर्धामा छन्। प्रदेश नम्बर २ बाट आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएकाले सोमबार १ सय ३२ पदका लागि निर्वाचन भएको छ।

मतपत्र छाप्न ढिला हुँदा पटकपटक मतदान रोकिँदा रातिसम्म कांग्रेस महाधिवेशन प्रतिनिधि मतदान गर्न लाइनमा बस्नुपरेको थियो। मतदान राति ११ बजे सकिएको छ। सभापतिको मतगणना राति दुई बजे सुरु भएको छ। मंगलबार बिहान सात बजेसम्ममा मतगणना सकिने अनुमान गरिएको छ।

चार वर्षका लागि नेतृत्व छान्न भएको निर्वाचनमा सभापतिको प्रतिस्पर्धामा शेरबहादुर देउवा, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ छन्। सभापतिका पाँच उम्मेदवारमध्ये प्रधानमन्त्रीसमेत रहेका वर्तमान सभापति देउवा बलियो देखिएका छन्।

तर कांग्रेस सभापतिमा निर्वाचित हुन धेरै भोट ल्याएर मात्र पुग्दैन,दुईभन्दा बढी उम्मेदवार हुँदा कुनै पनि सभापतिको उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने हुन्छ। देउवाले पहिलो चरणमै विधानको व्यवस्थाअनुसार आवश्यक मत ल्याउने आकलन गरिएको छ। कुल ४ हजार ७ सय ४३ मतदाता रहेकोमा ४ हजार ६७९ मत खसेको छ। सभापतिमा निर्वाचित हुन यसको ५० प्रतिशत कटाउनु पर्छ।

१३औं महाधिवेशनमा दोस्रो चरणमा भएको निर्वाचनबाट मात्र देउवा सभापतिमा निर्वाचित भएका थिए। तर दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रिएका देउवाका लागि उनका समकक्षी नेता रामचन्द्र पौडेल नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिँदा सभापतिमा पुग्न सहज हुने देखिएको छ।

देउवा इतर समूहबाट साझा उम्मेदवार बनाउने प्रयास असफल भएपछि पौडेल मतदानमा पनि सहभागी भएनन्। देउवा इतर समूहबाट सभापतिको प्रत्याशी बनेका शेखर कोइराला र प्रकाशमान सिंह दुवैको पक्षमा पौडेल खुलेनन्। त्यसको लाभ पनि देउवालाई नै पुगेको छ।

कोइराला परिवारको लिगेसीसहित शेखर सभापतिको प्रत्याशी बनेको बताइए पनि निवर्तमान महामन्त्री एवं बिपी पुत्र शशांक कोइराला पनि खुलेनन्। सभापतिको आकांक्षी शशांक देउवाको विकल्प दिन पौडेललाई इतर समूहबाट साझा उम्मेदवार बनाउनुपर्ने पक्षमा देखिएका थिए। तर सिंह र शेखर दुवै आफ्नो अडानबाट पछि नहटेपछि शशांकले दाजु शेखरको पक्षमा पनि खुलेनन्।

बरु दुवै गुटले आफूलाई माया गरेर केन्द्रीय समितिको सूचीमा नाम राखेको प्रतिक्रियामा सीमित बने। आफ्नै समूहका नेताहरूप्रति असन्तुष्ट रहेका नेता पौडेललाई देउवाले उनकै निवासमा पुगेर भेटेर मन जित्ने प्रयास गरे। शशांकलाई सरकारी निवास बालुवाटारमा बोलाएर भेटे। पौडेल र शशांक सभापतिको कुनै पनि उम्मेदवारको पक्षमा नखुल्दा त्यसको लाभ वर्तमान सभापति देउवालाई नै पुग्नेछ। आजको नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?