नेपाली काँग्रेसको महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि सोमबार भएको मतदान राति साढे १० बजेसम्म जारी रहने भएको छ ।
निर्वाचन समितिले यसअघि राति ९ बजेसम्मको लागि तय गरेको मतदानको समय बढाएर साढे १० बजेसम्मको लागि तय गरेको हो ।
काँग्रेसमा मतदान राष्ट्रियसभा गृहमा जारी रहेको छ भने मतदान सकिएपछि सभापतितर्फको मतगणना सुरु हुनेछ ।
काँग्रेसको निर्वाचन प्रक्रियामा कुल ४ हजार ७४३ मतदाता सहभागी हुन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया