हेर्नुहोस् आज दिनभरका मुख्य १५ समाचार (भिडियोसहित)

लोकपथ
156
Shares

१. नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज बिहान साढे ११ बजेबाट मतदान सुरु, प्रतिनिधिहरूले तीन स्थलबाट मतदान गर्दै, राति ९ बजेसम्मका लागि निर्वाचनको समय थपियो

२. संसदको हिउँदे अधिवेशनमा मुख्य एजेण्डा विधेयकमै केन्द्रित रहने सभामुख सापकोटाको भनाइ, संसद् प्रतिपक्षको पनि हो भन्ने पक्षलाई हेक्का राख्न जरुरी भएको जिकिर

३. पहिलो चरणमै नेतृत्वको टुंगो लाग्ने नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको दाबी, गठबन्धनको सरकार टिकाउन पनि देउवा कांग्रेसको नेतृत्वमा आउन जरुरी रहेको भनाइ

४. सेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न पार्टी प्रतिबद्ध रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ, सेयर बजारविरोधी आरोप लगाउनुको कुनै तुक नभएको उल्लेख

५. प्रतिनिधिसभाको बैठक भोलि बिहान ११ बजे बस्दै, १०औँ अधिवेशनका लागि संघीय संसदका तर्फबाट सबै तयारी पूरा, कोरोना परीक्षण अनिवार्य

६. प्रचण्ड र माधवकुमार नेपाल कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने मिसनमा लागेका नेकपा एमालेका महासचिव शंकर पोखरेलको आरोप, दक्षिणपन्थी अवसरवादमाथि विजय हासिल गर्नुपर्ने विषय आजको चुनौती भएको उल्लेख

७. अर्थमन्त्रीका कारण सेयरबजार घटेको भन्नु गलत भएको अर्थमन्त्री जनार्दन शर्माको भनाइ, सेयर बजारमैत्री नीति तय गर्न सरकार तयार रहेको भन्दै दीर्घकालमा लाभ हुने कम्पनी छानेर मात्र लगानी गर्न लगानीकर्तालाई आग्रह

८. नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उद्योगपति विनोद चौधरी केन्द्रीय सदस्यको प्रतिस्पर्धामा, आफू कोटाबाट लडेको भन्नु संकीर्ण मानसिकताको उपज भएको टिप्पणी

९. व्यावसायिक तथा सीप विकास तालिम केन्द्र सातवटै प्रदेशमा विस्तार गरिने श्रममन्त्री कृष्णकुमार श्रेष्ठको प्रतिबद्धता, आफ्नो कार्यकालमै वैदेशिक रोजगारीमा देखिएका सबै समस्या समाधान गर्ने बाचा

१०. सोमबार देशभर ३ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि, ३ सय ७६ जना कोरोना संक्रमणमुक्त हुँदा ३ जनाको मृत्यु

११. रोकिएन नेपाली सेयर बजारको ओरालो यात्रा, नेप्से परिसूचक २२ सयको बिन्दुमा ओर्लियो, ३ अर्ब ९९ करोडको कारोबार

१२. कोरोना महामारीले १९३० पछि पहिलो पटक विश्वव्यापी आर्थिक संकट निम्त्यायो, कोरोना कहरका कारण आधा अर्ब जनसंख्या गरिबीको चपेटामा रहेको डब्लूएचओको प्रक्षेपण

१३. साउदी सेनाद्वारा गत शनिबारदेखि यमनमा निरन्तर हवाई आक्रमण जारी, २०० हुथी विद्रोहीको मृत्यु, दर्जनौँ घाइते

१४. काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा विजयी, जारी लिगमा पुलिस क्लबको पहिलो हार

१५. र, स्पेनिस लालिगा फुटबलअन्तर्गत राउन्ड १७ को खेलमा आज काडिज र ग्य्रानडा भिड्दै, दुवै टोली एक–अर्कालाई हराएर जित हात पार्ने दाउमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?