काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए) को महाधिवेशन आगामी माघ २१ र २२ गते हुने भएको छ ।
महासचिव लक्ष्मी देवि रावल दाहालले एक विज्ञप्ति जारी गर्दै एशोसिएशनको ११ औं महाधिवेशन माघ २१ र २२ गते हुने जानकारी गराएका छन् ।
मंसिर २२ गते बसेको कार्य समितिको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको डीएलएका वरिष्ठ केन्द्रीय सदस्य कीर्तिनाथ शर्मा पौडेलले लोकपथलाई जानकारी दिए ।
यस पटकको महाधिवेशन पहिलेभन्दा भव्य बनाउन आफूहरुले भूमिका निर्वाह गर्ने शर्माले बताए । डिएलएको पहिचान अझ नयाँ शिराबाट स्थापित गर्ने गरी ११ औं महाधिवेशन गर्न लागिएको जानकारी शर्माले दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया