पछिल्लो २४ घण्टामा थप ३ सय ४१ जनामा कोरोना संक्रमण

लोकपथ
195
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा १३ हजार २ सय ३६ जनाको कोरोना परीक्षण गरिएको थियो । जसमध्ये १० हजार ४ सय १६ जनाको पिसीआर र २ हजार ८ सय २० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

यससँगै नेपालमा पिसीआर परीक्षण गरिएका संक्रमितको संख्या आठ लाख २४ हजार ३ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमितको संख्या ९५ हजार ८ सय १० पुगेको छ । पछिल्लो समय थप ३ सय ७६ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको संख्या आठ लाख ७ हजार १ सय ५४ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट तीन जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५७ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय १ लाख ८७ हजार ६ सय ६४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म देशभर २ करोड ७ लाख ५९ हजार ५४ जनाले कोरोनाविरुद्वको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ८ सय २४ छ । हाल ९७ जना कोरोना संक्रमित क्वारेन्टाइनमा उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?